STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आन्तरिक हवाइ उडान थालियाे

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ५, सोमबार

काठमाडौं – छ महिनादेखि बन्द रहेको नेपालकाे आन्तरिक उडान सुरु भएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर लागू गरिएको बन्दाबन्दीको र त्यसपछि जारी गरिएकाे निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प थियो। उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ। सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन्। उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन्। आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ। बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको थियाे । आन्तरिक उडान सुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन्। आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ। बिहान ८:०० बजे बुद्धको एटिआर ७२ जहाजले ५६ यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ।  यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ। यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ। यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ। निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो।
Categorized in राष्ट्रिय