आफन्तको बेवास्ताले गुल्मीबाट कीर्तिपुर पुगेका कुँवर क्वारेन्टाइनमा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार
ललेन्द्र शाक्य“म लकडाउनपछि काठमाडांैबाट गुल्मी गएँ, त्यहाँको क्वारेन्टाइनमा नियमपूर्वक बसे । मेरो रिपोर्ट नेगेटिभ आयो । तर मलाई घरपरिवारबाट कसैले पनि लिन आएन, वास्ता पनि गरेन । आफन्तले नै बेवास्ता गरे पछि गाउँघरले पनि वास्ता गरेनन् । अनि म पुनः गुल्मीबाट काठमाडौं फर्किएँ ।” गुल्मी भीरकोट गाउँपालिका ५ वडाका २७ वर्षीय रंजित कुँवर बिहीबार साँझ ७ः३० बजे कीर्तिपुर आइपुगे । कुँवर भत्केपाटीमा डेरा गरी बसिरहेका थिए । कुँवरले काठमाडौंबाटै सवारी चालक अनुमति पत्र लिइसकेका छन् । स्थानीयले उनलाई नगाउँको दोबाटोमा भेटेका थिए । स्थानीय एवं कीर्तिपुर बजार व्यवस्थपन समितिका सदस्यहरुले सोधपुछ गरी कुँवरलाई एम्बुलेसन्बाट भत्केपाटीस्थित ग्रीन भिलेज स्कुलमा संचालित क्वारेन्टाइनमा राख्न लगे । कुँवर गुल्मीबाट बुटवलसम्म एउटा कारमा लिफ्ट लिएर र त्यहाँदेखि काठमाडौंसम्म पैदलै आएका हुन् । लामो पैदलयात्राले उनको शारीरिक अवस्था राम्रो थिएन । उनी राम्ररी हिँड्न सक्ने अवस्थामा थिएनन् । कीर्तिपुर बजार व्यवस्थापनका अध्यक्ष बुद्धिमान महर्जनले दिनुभएको जानकारी अनुसार कुँवरलाई गुल्मीकै जनप्रतिनिधिले काठमाडौं पठाएका थिए । यसअघि बेलायतबाट काठमाडौं सनसिटी अपार्टमेन्टमा आएका दुईजनामा कोरोना पोजेटिभ पाइएको थियो । उपचारपछि उनीहरुको रिपोर्ट नेगेटिभ आइसके पनि पुनः फेरि कोरोना पोजेटिभ देखिएको थियो । गुल्मीबाट कोरोनो नेगेटिभको रिपोर्ट बोकी आएका कुँवरमा पुनः कोरोना पोजेटिभ हुनसक्ने भएकाले सम्बन्धित निकाय सचेत र सतर्क हुनु जरुरी छ । (भिडियाे हेर्न यता क्लिक गर्नुहाेला) Categorized in उपत्यका


