STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आफुले खेलेको फिल्म हेर्न सन्नी लियन ुपासवर्ड’का लागि नेपाल आउँदै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार

यहि आउने शुक्रबार भदौ २७ बाट नेपालमा प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को विहिबार हुने प्रीमियर हुने भएको छ भने सो प्रिमियर शोका लागि बलिउड अभिनेत्री सन्नी लियोनि नेपाल आउने भएकी छिन् । उनले ‘पासवर्ड’को एक आइटम गीतमा ठुम्का लगाएकी छिन् । विहिबार दिउसो काठमाडौँ आउने सन्नीले सोहि दिन हुने प्रीमियरमा मिडिया संग भेटघाट गर्नेछिन् । मिडिया संगको भेट पछि उनले ‘पासवर्ड’ हेर्ने र हायात होटलमा बस्ने जानकारी छ । शुक्रबार काठमाडौँको केहि स्थानमा भ्रमण गरेपश्चात उनि शनिबार भारत फर्किने सेड्युल छ । सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा अनुप बिक्रम शाही, सन्नी लियोनि, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के।आर थापा सह(निर्मातामा छन् । फिल्ममा सिमा गुरुङको कथा रहेको छ ।
Categorized in सिनेमा