STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न प्रचण्ड-माधव समूहकाे निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १३, बिहिबार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्।

उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहनुभएका सांसदहरुलाई अतिआवश्यकबाहेक जानकारी गराएर मात्र बाहिर जानुहोला भनेर निर्देशन दिएको नेत्री रामकुमारी झाँक्रीले बताइन् ।

बैठकमा उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवादसमेत दिएका थिए । गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो ।

सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

Categorized in राजनीति