आमहडतालको प्रतिकारमा ओली समूहको मोटरसाइकल र्याली
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार
सुर्खेत – नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहडतालको प्रतिकार गर्दै सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले मोटरसाइकल र्याली निकालेको छ ।
आमहडतालको अवज्ञा गर्दै बिहीबार सुर्खेतमा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले मोटरसाइकल र्याली निकालेको हो ।
अनेरास्ववियुले बन्द नभएको भन्दै मोटरसाइकल र्याली निकालेको अध्यक्ष धुपेन्द्र शाहीले बताए । उनका अनुसार मोटरसाइकल र्यालीले वीरेन्द्रनगर बजार पुरै परिक्रममा गरेको थियो ।
मोटरसाइकल र्यालीमा सहभागीहरुले ‘बन्द गर्न पाइँँदैन, विद्यार्थीलाई पढ्न देऊ’, ‘व्यापारीलाई व्यापार गर्न देऊ’ लगायतका नारा लगाएका थिए ।
Categorized in राजनीति

