STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आलमलाई सांसदको उम्मेदवार नबनाउने गगनकाे दाबी

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १७, शुक्रबार

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् । शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवारी नबनाउनेमा विश्वस्त रहन आग्रह गरे । महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरु पार्टीबाट नहुने बताए ।

उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गरे । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफूआबद्ध हुँदासम्म पार्टीबाट नहुने बताए ।

महामन्त्री थापाले नियम र कानूनले मात्रै समाज नचल्ने र समाच चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताए ।

Categorized in राजनीति