आवासक्षेत्रमा शवदाह गृह बन्न लागेकोले स्थानीय विराेधमा
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
शवदाह गृह बनेपछि परम्परागत मसानघाट र यससँग सम्बन्धित संस्कार पनि लोप हुने स्थानीयबासी बताउँछन् । नगर विकासले बस्ती बसाउने योजना ल्याएको ठाउँलाई शवदाह गृह बनाएर मसानघाटमा परिणत गराउन नदिने अडान स्थानीयबासीको छ ।
विद्युतीय शवदाह गृह सुरुमा राम्ररी चले पनि बिस्तारै यसले बस्तीको वातावरण दूषित बनाउने स्थानीयको भनाइ छ । ११ वडाका वडाध्यक्ष इन्द्रमान महर्जनले शवदाहका लागि वडाबाट सिफारिस नभएकोले आफूलाई यसबारे थाहा नभएको बताएका छन् ।
महानगरको बोर्ड बैठकले गत साउन २३ मा शवदाह गृह बनाउने निर्णय गरेको थियो । महानगरपालिका मेयर चिरीबाबु महर्जनले विद्युतीय प्रविधिको शहदाहमा खुला दाहसंस्कारजस्तो प्रदूषण नहुने भएकाले स्थानीयलाई चिन्तित नहुन आग्रह गरेका थिए ।
Categorized in उपत्यका


