STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इजरायल घटनापछि यूएन महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २३, मंगलबार

काठमाडौं- इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

‘उहाँको भ्रमण छिट्टै हुनेछ । हाललाई स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले भनिन्  ।

यसअघि महासचिव गुटेरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटेरेसले असोज २७ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको थियो ।

तर इजरायल घटनापछि संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटेरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Categorized in राष्ट्रिय