STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इजिप्ट जनमतसङ्ग्रहः राष्ट्रपतिको कार्यकाल बढाउने प्रस्ताव अनुमोदन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

इजिप्टमा सम्पन्न पछिल्लो जनमतसङ्ग्रहले राष्ट्रपति अब्देल फताह अल–सिसीको कार्यकाल बढाउने प्रस्तावलाई प्रचण्ड बहुमतले अनुमोदन गरेको छ । इजिप्टको निर्वाचन आयोगका प्रमुख लाशिन इब्राहिमका अनुसार संशोधन प्रस्तावको पक्षमा ८८।८३ प्रतिशत र विपक्षमा ११।१७ प्रतिशत मत खसेको थियो । इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबारदेखि तीन दिने मतदान भएको थियो । जनमतसङ्ग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेका कारण राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उहाँ पुनः उम्मेदवार हुन पाउनु हुनेछ । निर्वाचन परिणाम प्राप्त भएसँगै राष्ट्रपति सिसीले ट्वीट गर्दै आमजनताप्रति आभार व्यक्त गर्नुभयो । चुनावमा करिब दुई करोड ७० लाखले मतदान गरेका थिए तर यसपटक करिब ४४ प्रतिशत मात्र मतदान भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय