relans
ni new 83
nib 2082 5

इदमा सार्वजनिक बिदा दिन माग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

नेपाल मुस्लिम सङ्घले मुस्लिम धर्मावलम्बीहरुको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो । मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गर्नुभयो । ‘रमजान तथा बकरइद जस्ता मुस्लिम धर्मालम्बीको पर्वमा दिने बिदाले नेपालका सबै समुदायले मुस्लिम धर्मावलम्बीहरुको संस्कृतिलाई बुझ्ने अवसर प्राप्त भएको थियो, उहाँले भन्नुभयो, “अहिले बिदा कटौती हुँदा पहिचान खोसिएको अनुभूति भएको छ । अध्यक्ष सतारले यही महीनाभित्र पर्ने इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराइसकेको बताउनुभयो । “इदलाई एउटा धर्मसँग मात्र नगाँसेर नेपालको संस्कृति हो भन्ने बुझ्नु जरुरी छ”, अध्यक्ष सतारले भन्नुभयो, “यसको जगेर्ना गर्न सकिएन भने हामीले पहिचानको जगेर्ना गर्न सकिँदैन ।”“धार्मिक हिसाबले मुस्लिम समुदाय नेपाल तेस्रो ठूलो धार्मिक समुदाय हो”, अध्यक्ष सतारले भन्नुभयो, “मुस्लिम समुदाय मात्र होइन धर्म समुदाय र धर्मालम्बीहरुले संस्कृति र पहिचानलाई जगेर्ना गर्ने खालका धार्मिक बिदाहरु कटौती गरिनु हुँदैन ।”
Categorized in राष्ट्रिय
ppp 2