STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्टरनेशनल मदर्स ल्यांग्वेज डेमा कीर्तिपुरका एरोन महर्जन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ फाल्गुण १०, सोमबार

कीर्तिपुरका नवोदित बालगायक एरोन महर्जन इन्टरनेशनल मदर्स ल्यांग्वेज डे (विश्व मातृभाषा दिवस)को विशेष कार्यक्रममा आफ्नो मदर्स ल्यांग्वेज नेपालभाषाको गीत गाएर प्रस्तुत भएका छन् ।

काठमाडौं महानगरपालिकाको २५ वडास्थित जनबहाल मन्दिर परिसरमा फेब्रुअरी २१ तारिख आइतबार केलत्वाःया नेपाःमिपिं समूहको आयोजनामा विश्व मातृभाषा दिवसको अवसरमा आयोजित नेपालभाषा साहित्य र गीत संगीत प्रस्तुति कार्यक्रममा कीर्तिपुरका नवोदित बाल गायक एरोन महर्जनले पनि आफ्नो मातृभाषाको गीत प्रस्तुत गरेका हुन् ।

कीर्तिपुरकै संगीतकर्मी भुवन महर्जनको गीत रचना एवं संगीतमा तथा चर्चित संगीत संयोजक जीवित जल्मीको संगीत संयोजन रहेको ...ई अर्थात् समय्...नामक गीत ...हायेका नइगु ई, म्हिता नइगु ई...बोलको गीत एरोन महर्जनले आकर्षक मिठो स्वर प्रष्फुटन गरी प्रस्तुत गरेका थिए ।

भुवन महर्जनकै गीत रचना र संगीतमा नवोदित बाल गायक एरोन महर्जनको आमा शीर्षकको नेपालभाषाको गीत रिकर्ड सकिसकेको छ भने अहिले म्यूजिक भिडियो निर्माणको लागि होमवर्क भइरहेको छ ।

रिलिज हुन लागेको आमा शीर्षकको गीत चर्चित सारंगीवादक संगीतकर्मी श्याम नेपालीका छोरा प्रिन्स नेपालीले संगीत संयोजन गरेका छन् भने उक्त गीतमा विभिन्न बाजाहरु लोकप्रिय फ्युजन ब्याण्ड कुटुम्ब ब्याण्डका मेम्बर्सहरुले बजाएका छन् भने कीर्तिपुरकै चर्चित संगीतकर्मी राजेश महर्जन नेवाःले विशेष सहयोग गरेका छन् ।

१२ वर्षीय एरोन महर्जन हाल आइडियल मोडल स्कूलमा ६ कक्षामा अध्ययनरत् छन् । कीर्तिपुर नगरपालिका ९ वडा तःगःवपि बादेगां नयाँबजार निवासी एरोनको परिवारमा आफ्नो हजुरबुबा पनि भजन क्षेत्रतिरका संगीतकर्मी हुनुहुन्छ । यस्तै एरोनका बुबा जनक तथा आमा राज्यलक्ष्मी महर्जनको भित्री हृदयदेखिको चाहना भनेकै एरोन महर्जनलाई एक कुशल गायकको रुपमा स्थापित गर्ने रहेको छ ।

हाल एरोन महर्जनलाई संगीतकर्मी राजेश महर्जन नेवाः तथा भुवन महर्जनले सांगितिक यात्रामा साथ दिइरहेका छन् ।

Categorized in साहित्य-कला