इन्डियन फिल्म एकेडेमी अर्वाड २०१९ नेपालमै हुने (आईफा)
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार
नेपाल पर्यटन बोर्ड सरकारी तथा निजी संघ सस्था द्धारा इन्डियन फिल्म एकेडेमी अर्वाड २०१९ गर्ने भएको छ ।
बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागी नेपालले क्यास (रकम)
र काइन्ड (वस्तु) गरि दुइ तरिकाबाट सहयोग गर्ने भएको छ । क्यास अन्र्तगत नेपाले ४४ करोड खर्च गर्नेे छ भने
काइन्ड सर्पोट तर्फबाट होटेल व्यवस्थापन, जहाज आवतजावत अर्च तथा स्थानीय यातायात खर्च हुने भनिएको छ ।
क्यास अन्र्तगत नेपाल पर्यटन र काठ्माडौं महानगरपालिका आफैले खर्च गर्नेछ । काइन्ड अन्र्तगत नेपाल उद्योग
बाणिज्य महासंघं, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायत संस्थाले
पनि क्यास अन्तरगत सहयोग गर्नेछन् । होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियन
नेपालहा, नेपाल बायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्ने छ ।
बोर्डका अनुसार आगामी अगस्टको अन्तिम साता हुने भएको छ । कार्यक्रम स्थलको लागि नेपाली सेनाको मुख्यालय
को अगाडि फुटबल चउरमा हुने भएको छ । यस कार्यक्रममा ५ सय देखि ६ सय कलाकारको सहभागी हुनेछ ।
कलाहरुको सहकर्मी सगै गरि जम्मा १६०० जना आउने भएका छन् । कलाकार हरु कम्तीमा ३ दिन सम्म बस्नेछन् ।
Categorized in सिनेमा