STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ । “कतिपय आरोपमा उनीबाट गल्ती नभएको देखियो, तर अरु धेरै आरोपहरु पुष्टि भएकाले उनलाई कारागार राख्न आदेश दिइएको छ,” अदालतका एक जना कर्मचारी हमिद्रेज होसेनीले शनिबार बताएका छन् । सन् २०१५ मा भएको आणविक सम्झौतामा राष्ट्रपतिको विश्वास पात्रका रुपमा हुसेन संलग्न रहेका थिए । हुसेनले आफु्विरुद्ध लागेको अभियोगको अस्विकार गर्दै माथिल्लो अदालतमा जाने जानकारी दिएका छन् । उनले आफूलाई पूर्वाग्रहीपूर्ण तरिकाले फसाउन लागिएको आरोप लगाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय