उदयपुरमा बम विस्फाेट, पाँचजना घाइते
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १९, शुक्रबार
उदयपुर – उदयपुरको कटारी नगरपालिका- ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्।
विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा.१.ख.७९९२ नम्बरको स्काभेटर, एक नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य तीन वटा स्काभेटरमा क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए।
राती सात जनाको टोली हल्लाखल्ला गर्दै आएर बम विष्फोट गराएकाे थाहा हुन आएकाे छ । राती करिब १२:१५ बजेको समयमा अज्ञात समुहले उद्योगको खानी क्षेत्रलाई लक्षित गरी राखेको बम बिष्फोट हुँदा भाग्नेक्रममा उनीहरु घाइते भएका हुन्।
विष्फोटनबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका- २ का २५ वर्षीय दुर्गा तामाङ्ग, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान रहेको प्रहरीले जनाएकाे छ ।
Categorized in अपराध-दुर्घटना

