STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ । अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ ९क० का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा उहाँले सो निर्देशन दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इञ्चार्जसमेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो, “आगामी मङ्सिर १४ गतेको उपनिर्वाचनसम्म युवा गाउँगाउँमा परिचालन हुनुस्, गाउँमा मतदातालाई पैसा बाँडेर वा उपहार दिएर भोट किन्न कोही आउँछन् भने त्यो पैसा कब्जा गर्नुस्, कब्जा गरिएका पैसा त्यही ठाउँको विकासमा लगाउँला, कसैले कानून हातमा लियो भन्छ भने जे पर्छ हामी व्यहोर्छौं ।” विगतको निर्वाचनका समयमा केही राजनीतिक दलले पैसामा जनतालाई किन्ने प्रयास गरेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने दिवासपना नदेख्न विपक्षीलाई आग्रह गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो, “जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना अब सकियो, अबको चुनावमा सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुन्छ, सूर्य अस्ताएपछि बन्द हुन्छ । तर केही राजनीतिक दलको अभियान सूर्य अस्ताएपछि शुरु हुन्छ, सूर्य अस्ताएपछि अँध्यारोमा शुरु हुने अभियानलाई निस्तेज पार्नैपर्छ ।” आजदेखि मतगणना नसकिएसम्म निर्वाचनको सुरक्षाको जिम्मा युवा र विद्यार्थीको काँधमा रहेको उल्लेख गर्दै उहाँले चुनावलाई प्रभावित पार्ने गलत कार्यलाई रोक्न आजैदेखि लाग्न र नेकपाको पक्षमा पहरेदार भएर उभिन पनि निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा भक्तपुरका इञ्चार्ज दिलीप प्रजापति, सहइञ्चार्ज तथा चाँगुनारायण नगरपाकिालका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका संयोजक ऐन महरलगायतले उपनिर्वाचन नेकपाको पक्षमा हुने दाबी गर्नुभयो ।
Categorized in राजनीति