उपत्यकाकाे निषेधाज्ञालाई लम्ब्याउने तयारी
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार
काठमाडौं – काठमाडाैं उपत्यकामा कोरोना संक्रमणकाे जोखिम बढ्दै गएपछि गत भदाै ३ देखि लगाइएकाे निषेधाज्ञा पुनः लम्ब्याउने तयारी हुँदैछ ।
काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिँदै छ । निषेधाज्ञाकै विषयमा मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी र उपत्यकाका तिनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्ने तयारी गरिएको छ ।
निषेधाज्ञाको मोडालिटी चेन्ज गर्ने कि यसअघि जारी आदेशलाई निरन्तरता दिने भन्नेबारे आजको छलफलमा निर्णय गरिने जनाइएकाे छ ।
प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्ने भएका छन् ।
Categorized in उपत्यका