relans
ni new 83
nib 2082 5

उपत्यकाकाे निषेधाज्ञा एक साता थप गर्न सिफारिस

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार

काठमाडौँ – काेरोनाकाे जाेखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो ।  सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।  निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि गरिएको छ । यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ। २४ घण्टामा सात जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। जसमध्ये तीन जना काठमाडौंका हुन्।  
Categorized in उपत्यका
ppp 2