उपत्यकाकाे निषेधाज्ञा भदौ १६ सम्म लम्बियो, अब राति ८ बजेपछि सवारी चलाउन पाइने
Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ८, मंगलबार
कोभिड-१९ संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पछिल्लो निर्णय अनुसार जारी निषेधाज्ञा भदौ ८ गतेसम्म कायम छ । नयाँ निर्णय अनुसार सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ।
स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने व्यवस्था गरिएको छ ।
सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधि अनुसार अहिले उपत्यकामा सीडीओहरुले निषेधाज्ञा लागू गरिरहेका छन् ।
Categorized in उपत्यका

