उपत्यकाका १२७ जनासहित थप ५२५ जनामा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप १२७ जनासहित बिहीबार थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो ।
काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा हालसम्म ९५ जनाको कोराेना संक्रमणबाट मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ भनेआइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको छ ।
पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको छ। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृतकको संख्या ९५ पुगेको छ। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८ रहेका छन्।
पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म देशभरका ३८ प्रयोगशालाबाट स्वाबको पीसीआर परिक्षण हुँदै आएको छ ।
Categorized in राष्ट्रिय