उपत्यकाका १४ सय ३ सहित २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २८, बुधबार
काठमाडौं – विगत २४ घण्टामा उपत्यकाका १४ सय ३ जनासहित देशभर २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
१३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा मात्र १४ सय ०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।
याेसँगै देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।
तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।
Categorized in राष्ट्रिय

