उपत्यकाका १८६ सहित ८८४ जनामा काेराेना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १३, शनिबार
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८६ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडाैंमा सबैभन्दा बढी १५५ सहित ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय