STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाको निषेधालाई निरन्तरता दिइने, आज निर्णय हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ७, सोमबार

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ ।

कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए । संक्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।

पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिदैछ । देशभर संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुँदै आएको छ ।

Categorized in उपत्यका