उपत्यकाको फोहोर अझै उठ्न सकेन
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ४, आइतबार
काठमाडौं - लामो समयदेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर अझै सडकबाट उठ्न सकेको छैन । केही दिन अघिदेखि विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहोर पासाङ ल्हामु शेर्पा राजमार्ग अन्तर्गतका स्थानीयसँगको समन्वयमा खुलेको थियो । तर अझै पनि उपत्यकाको विभिन्न चोकहरुमा उत्तिकै फोहोर थोपारिएको छ ।
लामो समयदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको फोहोरले फेरि पनि चर्चा पाउने भएको छ । उपत्यकाबाट पूर्ण रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा यसले पटक पटक चर्चा पाउने गरेको छ ।
विभिन्न अवरोधका कारण उठ्न नसकेको काठमाडौको फोहोर केही दिन अघि मात्र पासाङ ल्हामु शेर्पा राजमार्ग अन्तर्गतका स्थानीयसँगको समन्वयमा खुलेको थियो । तर अझै पनि उपत्यकाको विभिन्न चोकहरुमा उत्तिकै फोहोर थोपारिएको छ ।
सडक गल्ली र विभिन्न चोकहरुमा अव्यस्थित रुपमा फालिएको फोहोरको थुप्रोले देशको राजधानी काठमाडौलाइ नै गिज्याइरहेको छ ।
काठमाडौं महानगरका अनुसार विभिन्न अवरोधका कारण स्थगित भएको फोहोर व्यवस्थापनको काम थोरै समयमा सम्पन्न नहुने देखिएको छ । सडक पटीमा थोपारिएको सबै फोहोरलाई व्यवस्थापन गर्न अझै ५ दिनसम्म लाग्ने काठमाडौ महानगरपालिकाका प्रवत्ता इश्वरमान डंगोलले बताए ।
उपत्यकाको फोहोरलाई दिर्घकालिन व्यवस्थापन गर्न सरकारले बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माण गरिहेको छ । त्यसका लागि सरकारको तर्फबाट पूर्वाधारको विकास समेत गरिहेको महानगरले जनाएको छ ।
महानगरका अनुसार लगभग ५०–६० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सक्ने गरि संरचना निर्माण गरिरहेको जनाएको छ । यस्तै फोहोरबाट विद्युत तथा ग्याँस उत्पादन गर्ने काठमाडौं महानगरको योजना रहेको प्रवक्ता डंगोलले जानकारी दिएको छ ।


