उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ११, मंगलबार
काठमाडौं - उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । अब जेठ २० सम्म निषेधाज्ञा लम्बिएको छ ।
थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।
तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ ।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो ।
Categorized in उपत्यका

