उपत्यकामा खाद्यवस्तुका पसल बिहान सवा ९ बजेसम्म खोल्न पाउने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ८, सोमबार
काठमाडौं – निषेधाज्ञाबीच काठमाडाैं उपत्यकाका तीनवटै जिल्लामा खाद्यसामग्रीका पसल अब बिहान सवा ९ बजेसम्म खोल्न पाउने भएका छ ।
तीनवटै जिल्ला प्रशासन कार्यालयको आइतबार बसेकाे बैठकले बिहान सवा ९ बजेसम्म खोल्न पसल खोल्न दिने निर्णय गरेको हो ।
यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम बनाइएको थियो ।
दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ ।
पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन ।
Categorized in उपत्यका