उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण, बुधबारमात्र २५५ जनामा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। मंगलबार २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो भने सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ६ सय ९६ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा छन्।
आठ हजार ६ सय ३२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या सात हजार सात सय ५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Categorized in राष्ट्रिय