उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ३, सोमबार
काठमाडौं - श्रम ऐनअनुसार तलब सुविधा पाउनुपर्ने मागसहित पेट्रोलियम मजदूरहरूले डिपोबाट इन्धन नउठाएपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
निजी क्षेत्रका पम्पले इन्धन नबेचेपछि सोमबार बिहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीका पम्पमा सर्वसाधारणको लाइन लागेको हो । निजी क्षेत्रका पम्पले आइतबारदेखि नै इन्धन बेचेका छैनन् ।
भद्रकाली र लगनखेलमा रहेको सेनाको पम्पमा लामो लाइन देखिएको छ । यस्तै, नक्सालमा रहेको नेपाल प्रहरीको पम्प र हल्चोकमा रहेको सशस्त्र प्रहरीको पम्पमा पनि सर्वसाधारणको लाइन देखिएको छ ।
आन्दोलन गरिरहेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघसँग वार्ताका लागि प्रयास भइरहेको नेपाल आयल निगम स्रोतले जानकारी दियो ।
Categorized in उपत्यका

