STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा लकडाउन खुकुलो बनाउन प्रशासन तयार

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार

काठमाडाैं - उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो । बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला लकडाउन खुकुलो बनाउन तयार भएका हुन् । संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय भएकाे जनाइएकाे छ । सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गरिएको थाहा हुन आएको छ । बैठकले गरेको निर्णय उच्चस्तरीय समितिमा पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जिम्मा दिइएको छ । चैत ११ गतेदेखि गरिएको लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसल खोलेर सञ्चालन गरेका थिए । त्यसपछि प्रशासनमाथि दवाव बढेको थियो । बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारहरु समेत सहभागी रहेको बताइएको छ ।
Categorized in राष्ट्रिय