उपत्यकामा संक्रमित बढ्दाे, थप ८७ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार
काठमाडाैं – काठमाडौं उपत्यकामा कोराेना संक्रमण बढिरहेकाे छ । बिहीबार मात्र थप ८७ जना नयांँ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।
Categorized in राष्ट्रिय