STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा १० दिन निषेधाज्ञा थपियो

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १०, आइतबार

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।  निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याइएको हो। उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

तर, पछिल्लो समयता निषेधाज्ञा खुकुलो पार्दै लगेको छ। निषेधाज्ञा केही सहज बनाए पनि सभा, सम्मेलन, सिनेमा हल डान्सबार दोहोरी नाचघर क्लब स्वीमिङ पुल मनोरञ्जन स्थल संग्रहालय रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम गर्न गराउने पाइने छैन।

यस्तै खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न जुलुस जात्रा महोत्सव भोजभतेर आदि गर्न पाइने छैन।

Categorized in उपत्यका