उपत्यकामा १५ सय बढी संक्रमित थपिए, देशभर ३६ सयबढीमा संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ६, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा १२८३ , ललितपुरमा ११२ र भक्तपुरमा १५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३६ सय ३७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको मन्त्रालयले जनाएकाे छ ।
यसैगरी बिहीबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। याेसँगै नेपालमा कोरोनाबाट ८१२ जनाको मृत्यु भएको छ।
अहिले देशभर ४४ हजार ८७७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ २५५ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ। आइसीयूमा २९० र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
Categorized in राष्ट्रिय

