उपत्यकामा १७२ संक्रमित थपिए, कुल संक्रमित २६ हजार ६ सय ६०
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
यसैगरी आइतबार मात्र ६ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ गरी कुल १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी बताए।
यस्तै आइतबार देशैभरि २१८ महिला र ४२३ पुरुषसहित थप ६४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३४ जनाले कोरोना जितेका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ ३ सय ३५ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २ सय ४३ जना पुगेको छ भने आइसोलेसनमा ८ हजार ७ सय २४ जनाको उपचार भइराखेको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ।
Categorized in राष्ट्रिय