उपत्यकामा २१ सय २९ सहित ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २७, मंगलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा २१ सय २९ सहित नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।
गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्।
मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।
गलबार १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो।
मनाङबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
Categorized in राष्ट्रिय

