उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन ३०, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ सहित नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ कोरोना संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।
बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।
त्यस्तै आजै ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् ।
हालसम्म निको हुने संक्रमितको संख्या ८८ हजार ४० पुगेको छ ।
आज देशभर ३७ हजार ३ सय ८२ वटा सक्रिय केशहरु रहँदा ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन् ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय

