STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३०, सोमबार

काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ । 
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताउनुभयो ।  
विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आउनुभएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।  
त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो । कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।   
Categorized in राष्ट्रिय