उपनिर्वाचन परिणामले गम्भीर भएका छौँ - एमाले
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २६, बुधबार
काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले गत मंसिर १६ मा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ।
‘यो परिणामलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौँ।’
Categorized in राजनीति

