STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपप्रमुखसहित पाँच माथि मुद्दा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गर्नुभएको छ ।
 
शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु एक करोड नौ लाखमा पारेको विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरुले विरोध जनाउँदा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गर्नुभएको हो ।
  प्रमुख रौनियारले उपप्रमुख महतो। कार्यपालिकाका–३ का वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपप्रमुख महतोले बताउनुभयो । 
  उपमेयर महतोसँग जिज्ञासा राख्दा उहाँले जुन बोलपत्र खुल्ला रुपमा निकाल्नु पर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाको चलखेलमा कम रकममा आफनो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको बताउनुभयो । यस सम्बन्धमा थप जानकारीको लागि प्रमुख रौनियारसँग सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुनसकेन । 
Categorized in राष्ट्रिय