STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार

बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको अधिकार र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा आयोगका प्रदेश नं ३ का निर्देशक यज्ञप्रसाद अधिकारीले उपभोक्ताले उपभोग गरेको वस्तुबाट आफूमा नराम्रो असर पारेमा त्यसको क्षतिपूर्ति प्राप्त गर्न सकिने अधिकार सुनिश्चित भएको बताउनुभयो । उहाँले पछिल्लो अवस्थामा उपभोक्ताको चेतनामा विकास, मौलिक हकमा उपभोक्ता अधिकारको व्यवस्था, सरकारले बजार अनुगमन र उपभोक्ता जागरण कार्यक्रमका लागि प्रत्येक जिल्लालाई बजेट विनियोजनको प्रक्रिया शुरु र अदालतबाट उपभोक्ताको पक्षमा हुने फैसलाका कारण नेपालमा उपभोक्ताको अधिकार संरक्षणको अवस्था रहेको बताउनुभयो । उहाँले सुरक्षाको अधिकार, सूचित हुने अधिकार, छनोटको अधिकार र सुनुवाइको अधिकार उपभोक्ता अधिकारका चार खम्बाका रूपमा नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै अब त्यसका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई प्रदान गरेकाले अब उपभोग्य वस्तुमा दशैँ, तिहारमा अनुगमन गरेजस्तो मात्रै गर्ने देखावटी चलनको अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय