STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपयोगिताविहीन हुँदै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २३, बुधबार

लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ । दूधपोखरी गाउँपालिकाका वृद्ध ९५ वर्षीय विकास घिमिरेले भन्नुभयो, “हुलाक दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठीपत्र थियो ।” अहिले नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । बेँसीशहर नगरपालिका–८ की १७ वर्षीया सिर्जना श्रेष्ठले भन्नुभयो, “हुलाक भनेको सुनेको छु तर यसको काम के हो रु कुनै जानकारी छैन । ” उहाँलाई अहिलेसम्म हुलाक सेवा आवश्यकता परेको छैन । निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरासिनीले प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदानप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठी पठाउनेलगायतका मात्रै हुने गरेको जानकारी दिनुभयो । अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटो–छरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको उहाँले बताउनुभयो । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही व्यक्तिको पार्सललगायतका १०÷१२ वटा चिठी दैनिक आउने गरेकोे छ । जिल्लामा एक जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन् ।
Categorized in राष्ट्रिय