उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २५, बिहिबार
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
बिहीबार बसेको बैठकले जसपा संसदीय दलको नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।
Categorized in राजनीति

