STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २७, शुक्रबार

काठमाडौं - सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ ।

यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पुर्‍याइएको हो । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै अब ६० प्रतिशत काम सम्पन्न गरेको आधारमा मात्र ५ वटाभन्दा बढी ठेक्का लिन पाउने व्यवस्था गरेको हो ।

एक मन्त्रीका अनुसार ६० प्रतिशत काम सम्पन्न नगरेमा एउटा व्यवसायीले ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरिएको छ ।

Categorized in बिजनेस