STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एउटै शिलामा कुँदिएको संसारकै अग्लो ‘भिमसेन’ जात्राको भब्य तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार

काठमाडौं । यही भाद्र ७ गते सम्भवत विश्वकै अग्लो भिमसेन महाराजको दोश्रो वार्षिक उत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको कुरा सुनाकोठी समाजका अध्यक्ष विनोद महर्जनले बताउनु भ्एको छ । बालकुमारी चौरमा आयोजना हुन लागेको जात्राले सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा सुपरिचित गराउँन र समग्र देशकै गरिमा र गौरबलाई विश्वसामु चिनाउँन मद्दत पुग्नेमा अध्यक्ष महर्जन विश्वस्त छन् । एउटै शिलामा कुँदिएको सम्भवत संसारकै सबै भन्दा अग्लो शक्ति र निष्ठाको प्रतिक एवं ब्यापारिक शुभ लाभका आराध्यदेव भिं धो अर्थात भिमसेनको दोश्रो स्थापना दिवस तथा भिं धो पुजाको महान कार्यमा नेता, सांसद, समाजसेवि एवं स्थानिय भक्तजनहरुको बाक्लो उपस्थिति रहने स्थानिय गायक रुपेश डंगोलले जानकारी गराएका छन् ।
Categorized in सिनेमा