एकपाते सुइरोमा विदेशी मख्ख
Janjati Khabar – जनजाति खबर | २०७६ पौष ११, शुक्रबार
नियमितजसो विदेशी पर्यटक आउने पाथीभरा चिया बगान रहेको चरीभञ्ज्याङ क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहे पनि यहाँ पर्यटकका लागि आवश्यक न्यूनतम संरचनासमेत निर्माण हुन सकेका छैनन् । पर्यटकलाई यहाँ खाने, बस्ने उचित व्यवस्था छैन । सरकारी निकायले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न उचित चासो नदिएको स्थानीयवासीको गुनासो छ । सरकारी बेवास्ताका कारण स्थानीयवासीले समेत यहाँ पर्यटन प्रवद्र्धनका लागि लगानी गर्ने हिम्मत गरेका छैनन् ।
योङ्याले पर्यटकको बसोबास तथा खानपिनका लागि चरीभञ्ज्याङमै आवास निर्माण गरी सुविधायुक्त कोठा निर्माण गरिरहनुभएको छ । “म आफैँले पर्यटकहरु भित्र्याउने न्यूनतम पूर्वाधार बनाउने प्रयत्न गरिरहेको छु । अरुलाई पनि पर्यटकहरुको व्यवस्थापन गर्ने र त्यसैबाट लाभ लिने प्रबन्ध गर्न उत्साहित गरिरहेको छु”, अध्यक्ष योङ्याले भन्नुभयो । केही सुविधा दिन सकिने र केही आकर्षक प्रकारका घर निर्माण गर्न आफूले सबैसँग आग्रह गर्दै आएको योङ्याको भनाइ छ । जिल्लामै पाथीभरा चिया बगान क्षेत्र सबैभन्दा बढी विदेशी पर्यटक आउने, बस्ने तथा घुमघाम गर्ने क्षेत्र मानिन्छ । याङ्वरक गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष मविन्द्र योङ्या चरीभञ्ज्याङ जिल्लामै पर्यटकीय दृष्टि पृथक र विशेष महत्वको रहे पनि उचित र पर्याप्त लगानी हुन नसकेको गुनासो गर्नुहुन्छ । “चरीभञ्ज्याङलाई सबैभन्दा महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठाइरहेको छु तर पूर्वाधार निर्माण गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।
कामदारको समस्या
चिया उत्पादनमा सधैँ कामदारको अभाव खड्किने गरेको छ । चिया टिप्ने, गोडमेललगायत कार्य वर्षमा नौ दश महिना हुन्छ । पाथीभरा टी स्टेट प्रालिले सरदर ३० जनालाई आफ्नो चिया बगानमा रोजगारी दिएको छ । रोजगारी पाउनेहरु अधिकांश स्थानीयवासी छन् । उनीहरु खेतीपातीका याममा आफ्नै खेतीमा व्यस्त हुन्छन् । “आफ्नो खेतीको काम नसकी कुनै पनि कामदार यहाँ आएर काम गर्नुहुन्न । चिया बगानले सधैँ रोजगारी दिन सक्दैन । उहाँहरु नआउँदा यता चियाको काम गर्न ढिला भइसक्छ । यसले चिया उत्पादनमा समेत असर पारिरहेको छ”, प्रालि अध्यक्ष योङ्याले भन्नुभयो । कामदार पर्याप्त नहुँदा चिया हुर्किएर जाने, टिप्न नभ्याइने जस्ता समस्या हुने गरेका छन् । चिया बगानलाई याममा करीब ४० कामदार आवश्यक पर्छ । यहाँ विद्युतीकरण हुन नसक्दा जेनेरेटरमार्फत चिया उद्योगमा विद्युत् आपूर्ति गरिएको छ । जेनेरेटरको प्रयोगले चिया उत्पादन महँगो पर्ने र यसको सोझो असर उत्पादकलाई हुने प्रालि सञ्चालकको गुनासो छ ।
पाथीभरा टी स्टेट प्रालिले ब्ल्याक टी कालो चिया, ह्वाइट टी सेतो चिया, ग्रीन टी हरियो चिया लगायत चियाका जात उत्पादन गर्दै आएको छ । यहाँबाट वर्षेनी करीब साढे सात हजार किलोग्राम चिया उत्पादन हुने गरेको पाथीभरा टी स्टेट प्रालिका अध्यक्ष योङ्याले जानकारी दिनुभयो । यहाँबाट सबैभन्दा बढी ब्ल्याक टी उत्पादन हुने गरेको छ । याङ्वरक –३ ओयामस्थित पाथीभरा चिया बगान जिल्लाकै ठूलो चिया बगानमध्येको एक हो । याङ्वरक– ३ तथा छिमेकी फालेलुङ गाउँपालिका वडा नं। २ मा अवस्थित यस चिया बगानको आफ्नै करीब एक हजार दुई सय रोपनी जमीन छ । सोमध्ये करीब आठ सय रोपनीमा चिया रोपण गरिएको छ ।
Categorized in राष्ट्रिय


