relans
ni new 83
nib 2082 5

एकीकृत समाजवादी राष्ट्रिय दलकाे मान्यतामा परेन

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १९, सोमबार

काठमाडाैं - गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सात दलले राष्ट्रिय दलकाे मान्यता पाएका छन् । समानुपातिकतर्फको मतपरिणामका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई राष्ट्रिय दलको मान्यता पाएका हुन् ।

यी सात दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाएकाले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको आयोगले जनाएको छ ।लाेसपा र नेकपा (एकीकृत समाजवादी) ले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलकाे हैसियत गुमाएका छन् ।प्रत्यक्षमा १० सिट ल्याएको एकीकृत समाजवादी, चार सिट ल्याएको लोसपा, तीन सिट ल्याएको नागरिक उन्मुक्ति पार्टी, एक सिट ल्याएको राष्ट्रिय जनमोर्चा पार्टी र एक सिट भएको नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय पार्टी बन्न सकेनन् ।यस पटक ८७ दल निर्वाचनमा सहभागी भएका थिए ।

यसअघि पाँच वर्ष अघि भएको निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी फोरम नेपालसहित पाँच दलले मात्र राष्ट्रिय दलकाे मान्यता पाएका थिए ।

राष्ट्रिय दलको मान्यता प्राप्त गरेसँगै यी दलले संसद् सचिवालयबाट पाउने सेवा मात्र सुविधा पाउने छन् ।सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रिय मान्यता पाएको दलले संसदीय दल गठन गर्न पाउने, दल गठन भएपछि दलको कार्यालय खोल्न पाउनेलगायतको सुविधा पाउने बताए ।

राष्ट्रिय दलले संसदमा एउटा संसदीय दलको कार्यालयसहित संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारी सुविधा पाउँछन् ।

राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् । तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिह्न पाउँछन् भन्ने निश्चित हुँदैन ।

Categorized in राजनीति
ppp 2