STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकैदिन थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ६, सोमबार

काठमाडौं - एकैदिन थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६६४३ नमूना परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३३८१ र एन्टिजेनबाट ३२६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४०५ र एन्टिजेनबाट २५३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४५६ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४२९६ पुगेको छ। 

Categorized in स्वास्थ्य-मौसम