एकैदिन १७० जनामा काेराेना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १६, शुक्रबार
काठमाडाैं - नेपालमा एकैदिन १७० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यसपछि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो ।
यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६
पुगेको छ ।
Categorized in राष्ट्रिय