STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै थलोमा गायिका सरिता महर्जन को दुई कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष २७, शनिबार

नेपालभाषाको गीतसंगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको    “छंगु ल्यूल्यू” गीतमा अाधारित टिकटक प्रतियोगिता र काराअाेके गायन प्रतियोगिता मा पुरस्कार जित्न सफल प्रतियोगिहरुलाई एक कार्यक्रम बीच पुरस्कार प्रदान गरिएको छ । अमर चित्रकारको शब्द, रचनाकार चित्रकार र सरीता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत “छंगु ल्यूल्यू” गायन प्रतियोगिता चन्द्रकृष्ण प्रजापतिले पहिलो पुरस्कार जित्न सफल भएका छन् । उनलाई पुरस्कार बापत  गीत रेकर्डिङ तथा म्युजिक भिडियो आयोजकको तर्फबाट उपलब्ध गराउने भएको छ भने टिकटक प्रतियोगितामा प्रथम भएर श्रृतिका श्रेष्ठले रु १५ हजार नगद पुरस्कार जितेकी छिन् । श्रेष्ठले नै टप भ्यूज समेत प्राप्त गरी थप ५ हजार नगद पुरस्कार जितेकी हुन् ।  

 

काराअोके गायन प्रतियोगितामा द्वितीय भएर राजेशराज बज्राचार्य तथा तृतीय भएर सविनरत्न शाक्यले गीत रेकर्डिङको पुरस्कार प्राप्त गरेका छन् । टिकटक प्रतियोगितामा श्रीजा अवालेले नगद पुरस्कार रु १० हजारसहित द्वितीय, निकी बज्राचार्य देसार ५ हजार नगदसहित तृतीय तथा रु १ हजार ५ सय नगदसहित बबिता रञ्जित, रेश्मा महर्जन, कृष्मा चित्रकार, सुयन चित्रकार, विजय डंगोल, ममता श्रेष्ठ व समीर शंखदेव प्रजापति ले सान्त्वना पुरस्कार जितेका छन् । 

कार्यक्रममा यस प्रतियोगिताका निर्णायकहरु निल शाक्य, भूपेन्द्र बज्राचार्य, सुरजवीर बज्राचार्य, अमोघवीर बज्राचार्य सम्मान गरिएको थियो । 

 सो कार्यक्रममा प्रमूख अतिथि का रुपमा रहेका ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले विजेता प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने खादा तथा माला कार्यक्रमकी सभापति गायिका सरीता महर्जन र विशेष अतिथि विजयरत्न असंबरेले प्रदान गरे । 

कार्यक्रमको दोश्रो चरणमा सरीता महर्जनको स्वर रहेको नेपालभाषाको गीत ‘हायेकेमते’ को प्रिमियर गरिएको थियो । आनन्दरत्न बज्राचार्यको शब्द र अनिल तुलाधरको संगीत रहेको नेपालभाषाको नयाँ गीत ‘हायेकेमते’ मा मनोज महर्जन, हसना महर्जन, रुपा मानन्धर र सुब्रिना चित्रकारको अभिनय रहेको छ भने रुपा मानन्धरको श्रृंगार, अमर चित्रकारको छायाँकन, सम्पादन तथा कलर ग्रेड , सुमन बज्राचार्यको कोरियोग्राफी तथा  राजेन्द्र महर्जनको निर्देशन रहेको छ । सो म्यूजिक भिडियो टाइम आउट रेष्टुरेन्टमा आयोजित समारोहमा सार्वजनिक गरिएको थियो भने कार्यक्रम सुरजवीर बज्राचार्यले संयोजन एवं संचालन गरेका हुन् ।

Categorized in साहित्य-कला