STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै दिन ५८६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७, मृत्यु हुने २० जना पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३, बुधबार

काठमाडौं - बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले कोरोना जितेका छन्। अहिले क्वारेन्टाइनमा एक लाख २५ हजार ७ सय ९८ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो। बाँकेकी ४६ वर्षीया महिलाको मृत्युपछि भएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । कोरोना संक्रमण ७३ जिल्लामा फैलिसकेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना परीक्षणमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीरगन्जमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा २६५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९, त्रीवी शिक्षण अस्पताल, महाराजगञ्जमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २०, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही ५९, भेरी अस्पताल प्रयोगशाला ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा ३३, प्रादेशिक अस्पताल, सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १४, सेती प्रादलेशीक अस्पतालमा ७ गरेर बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ४० जना महिला छन् भने ५४६ जना पुरुष छन्।

मृत्यु हुनेको संख्या २०

दिनप्रतिदिन कोराेना संक्रमित बढेसँगै यसबाट मृत्यु हुनेकाे संख्या पनि बढ्दै छ । कोरोना भाइरस (कोभिड–१९) ले मृत्यु हुनेको संख्या २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार कोरोनाले थप एक जनाको मृत्यु भएको हो । गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाकै कारण ज्यान गएको हो। मृतक महिला नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मिर्गौलामा समस्यादेखिएपछि भर्ना भएकी थिइन्। मृत्युपछि भएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय