relans
ni new 83
nib 2082 5

एक घण्टा मै एकलाख भ्युज पाएको ‘कस्तो होला भाटु राजाको दरबार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २८, आइतबार

टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी दर्शकले हेरेका छन् भने आइतबार बेलुकी आठ बजेसम्ममा तीन लाख अठार हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । 

रेशम चौधरी र आभा मुकारुङको स्वर कैद गरिएको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीको रहेको छ । थारु समुदायभित्रको रहन सहन, कला सँस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ आदिको अभिनय रहेको छ । सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशम सागर क्षेत्री हुन् ।  केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोका निर्माता कुमार कार्की हुन् ।

Categorized in साहित्य-कला
ppp 2