STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक चरणमा गरे खर्च कम हुन्छ : निर्वाचन आयोग

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं – निर्वाचन आयोगले वैशाखमा गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ ।

संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

छलफलका क्रममा वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको बताएपछि आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिए ।

प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए । आयोगले सरकारले प्रस्ताव गरेको समयमा निर्वाचन सम्पन्न गर्न कठिन नहुने पनि बताएको छ ।

Categorized in राजनीति